(२.३) आर्थिक प्रशासन शाखा
कार्यालय प्रमुखको उत्तरदायित्वमा आर्थिक प्रशासन शाखाको कार्य देहाय बमोजिम हुनेछ :
- साधारण बजेट तर्जुमा गर्ने र विकास बजेटको हकमा योजना र कार्यक्रम हेर्ने योजना शाखामा समन्व्य गरी तर्जुमा गर्ने ।
- आर्थिक कारोबारसँग सम्बन्धित कार्य आर्थिक नियमावली बमोजिम निकासा माँग गर्ने ।
- पेश्किको अभिलेख राख्ने, विनियोजन राजश्व धरौटीको लेखा अद्यावधिक गर्ने र सम्बन्धित कागजात सुरक्षित राख्ने ।
- निकासा भएको रकमको खर्चको हिसाब किताब रितपूर्वक राख्ने, खर्चका फाँटबारी तथा आर्थिक विवरण तयार गर्ने । त्यस्ता फाँटबारी एव्ं आर्थिक विवरण कार्यालय प्रमुखबाट स्वीकृत गराई समयमै सम्बन्धित निकायमा पठाउने र लेखा परिक्षण गराउने, सम्परीक्षण गराउने एवं फछ्र्यौट गर्ने ।
- लेखा परिक्षणबाट कायम हुन आएको बेरुजुको लगत राख्ने र बेरुजु फछ्र्यौट गर्ने प्रमाण जुटाई पेश गर्ने गराउने । नियमित गर्नुपर्ने विषयहरु नियमित गर्न गराउन कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- आर्थिक कारोबार गर्दा प्रचलित कानून बमोजिम रित पुगे वा नपुगेको जाँची रित पुगेकोमा भूक्तानीको निमित्त कार्यालय प्रमुख समक्ष पेश गर्ने, रित नपुगेको वा आफ्नो राय नलिई रित नपुगेको कुनै कलम सदर भै भुक्तानीको निम्ति प्राप्त हुन आएमा रित नपुगेको व्यहोरा लिखित रुपमा स्पष्ट खुलाई कार्यालय प्रमुख समक्ष पेश गरी कार्यालय प्रमुखको लिखित आदेशानुसार कार्य गर्ने ।
- मितव्ययी ढंगले आर्थिक प्रशासन सञ्चालन गर्ने ।
- आफू सरुवा वा बढुवा भई जाँदा आफ्नो जिम्माको सम्पूर्ण स्रेस्ता, नगद र बैंक मौज्दात, बेरुजु लगत र अभिलेखहरु हालवाला वा निजलाई बुझाउने गरी मातहत कर्मचारीलाई बरबुझारथ गर्ने ।
- आफ्नो राय अनुसार निर्णय भएको रकम कलमको हकमा जिम्मेवारी बहन गर्ने ।
१) आर्थिक प्रशासन शाखा, लेखापालको कार्य विवरण
- आर्थिक प्रशासन शाखाको प्रमुख भई कामकाज गर्ने ।
- आर्थिक प्रशासन शाखामा आएका विभिन्न विल भरपाई अनुसार भूक्तानी दिने ।
- कार्यालयको आर्थिक कारोबारको फोकल पर्सन भएर कार्य गर्ने ।
- बेरुजु फछ्र्यौटको लागि पहल गर्ने ।
- प्रदेश लेखा नियन्त्रक कार्यालयसँग सम्पर्कमा रहने ।
- विनियोजन राजश्व धरौटी सम्बन्धि सम्पूर्ण कार्य गर्ने र सुरक्षित रुपमा श्रेस्ता राख्ने ।
- लेखा परिक्षण गराउने ।
- गोश्वारा भौचर भूक्तानी आदेश लगायत अन्य श्रेस्ता तयार गर्ने ।
- आर्थिक प्रशासन शाखाले गर्ने सम्पुर्ण कार्य गर्ने ।