(२.२) योजना तथा वन व्यवस्थापन शाखा
(२.२.१) योजना शाखामा रहने विभिन्न तहका कर्मचारीहरुको कार्य विवरण : 
यस शाखामा रहने कर्मचारीहरुको दरबन्दी अनुसार पदीय जिम्मेवारी निम्न अनुसारको बहन गर्नुपर्नेछ :
१. पद: सहायक वन अधिकृत (रा.प.तृ.प्रा.÷अधिकृतस्तर सातौ÷आठौं)
क) योजना तर्जुमा र कार्यान्वयन
  • आर्थिक प्रशासन शाखासँग समन्वय गरी जिल्लाको वन व्यवस्थापन योजना, वार्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गराउने ।
  • संघीय र प्रदेश सरकारबाट प्राप्त कार्यक्रमहरु सम्बन्धित कर्मचारी तथा निकायहरु (जिल्ला स्थित सव डिभिजन वन कार्यालय प्रमुख, वन सुरक्षा शाखा लगायत आवश्यकता अनुसार अन्य शाखा) सँग समन्वय गरी कार्यक्रम बारे जानकारी दिनुको साथै कार्यक्रमको बाँडफाँड, कार्यआदेश तयार गरी कार्यक्रम संचालन गर्ने÷गराउने कार्यमा डि.व.अ. लाई सहयोग गर्ने ।
  • संचालित कार्यक्रमहरुको लगत इष्टिमेट तयारी, चेकजाँच र स्विकृत पश्चात लेखा शाखामा पेश्कीको लागि सिफारिश गर्ने ।
  •  प्रत्येक कार्यक्रमहरुको छुट्टाछुट्टै कार्यक्रम रजिष्टर तयार गरी अभिलेख राख्ने ।
  • वन व्यवस्थापनको लागि सुहाँउदो वन वर्धन प्रणाली ९क्ष्खिष्अगतिगचभ क्थकतझ० अनुसार व्यवस्थापन योजनाहरु तयार गरी स्विकृत गराई कार्यान्वयन गर्ने ।
  •  वन संरक्षण, सम्बर्धन र व्यवस्थापन कार्यमा सव डिभिजनलाई आवश्यक सहयोग गर्ने ।
ख) वन संरक्षण र व्यवस्थापन
  • डिभिजन अन्तर्गतको सबै राष्ट्रिय वनहरुको अतिक्रमण, आगलागी, चरिचरण, चोरी निकासी र अन्य मानवीय हानी नोक्सानीबाट संरक्षण गर्न सव डिभिजन वन कार्यालयहरुलाई सहयोग गर्ने गराउने ।
  •  डिभिजनको स्विकृत वन व्यवस्थापन योजना अनुसार सरकारद्धारा व्यवस्थित वनको व्यवस्थापन योजना तर्जूमा, स्विकृती र कार्यान्वयनको व्यवस्थापन गर्ने ।
ग) सामुदायमा आधारित वन व्यवस्थापन
  • वन उपभोक्ता समुहबाट तयार भई समुदायमा आधारित वन व्यवस्थापन योजनाहरु (सामुदायिक वन, धार्मिक वन, कबुलियती वन) प्राप्त भएपछि नियमानुसार संशोधन गर्नुपर्ने भए सुझाव दिई स्विकृतीको लागि डि.व.अ. समक्ष पेश गर्ने ।
  •  वन कार्ययोजनाको क्ष्भ्भ् को प्रतिवेदन तयार गर्ने गराउने र अन्य निकायबाट प्राप्त यस कार्यालयसँग सम्बन्धित क्ष्भ्भ् प्रतिवेदन माथि अध्ययन गरी राय सुझाव दिने
  •  वन विकास बारे सेवाग्राहीलाई जानकारी गराउने ।
घ) समन्वय बैठक
  • जनचेतना अभिवृद्धि गर्न प्रचार प्रसारको सामाग्री तयार गरी उत्पादन, प्रकाशन र प्रसारण गरी गराई सूचना प्रवाहलाई व्यवस्थित गर्ने ।
  • कार्यालय सम्बन्धि विभिन्न बैठकहरुको समन्वय र व्यवस्थापन गर्ने ।
ङ) निजी कृषि वन, वृक्षारोपण, सिमसार 
  • निजी तथा सार्वजनिक क्षेत्रमा सम्भावित वन÷वृक्षारोपण क्षेत्र पहिचान गर्ने गराउने ।
  •  जिल्ला स्थित विभिन्न ठाउँको जनतालाई पायक पर्ने हिसाबले आवश्यकता अनुसार स्थानिय तहको समन्वयमा नर्सरी स्थापना, नर्सरीमा विरुवा उत्पादन एवं वृक्षारोपणको लागि योजना तयार गरी हरियाली प्रवर्धनको कार्यमा प्राविधिक सहयोग गर्ने गराउने ।
  •  वृक्षारोपण तथा निजी वनको व्यवस्थापनमा प्राविधिक सहयोगको व्यवस्था मिलाउने ।
  •  वन क्षेत्रमा सिमसार संरक्षण, व्यवस्थापन र पर्यापर्यटन प्रवर्धनको लागि कार्यक्रमहरु संचालन, अनुगमन, सहजीकरण गर्ने र अभिलेखीकरणको कार्य गर्ने ।
  •  निजी तथा कृषि वन विकासका कार्य संचालन गर्ने ।
च) प्रगति प्रतिवेदन
  •  कार्यालयबाट कार्यादेश भएका कार्यक्रमहरुको अनुगमन, निरीक्षण, आवश्यक प्राविधिक सहयोग गरी गराई लक्ष्य अनुसारको प्रगति हासिलमा सहयोग गर्ने ।
  • सेवा परामर्शबाट संचालन गरिने कार्यक्रमहरु कार्यविधी अनुसार छनौट गर्ने, छनौट भएका संघसंस्थाहरुसँग सम्झौता गर्ने, कार्यादेश गर्ने र संचालित कार्यक्रमहरुको अनुगमन गर्ने तथा समयमै सम्पादन गर्न लगाई प्रतिवेदन पेश गर्न लगाउने । 
  • संचालित कार्यक्रमहरुको मासिक, चौमासिक र वार्षिक प्रगति तयार गरी सम्बन्धित निकायमा पठाउने ।
  •  वार्षिक प्रगति पुस्तिका तयारी एवं प्रकाशन र वितरण गर्ने । 
  • प्राप्त परिपत्र, निर्देशनहरु मातहतका कार्यालयहरुलाई छिटो माध्यम मार्फत जानकारी पठाउने, कार्यान्वयन गर्ने गराउने । 
  • कार्यालयसँग सम्बन्धित सूचना, तथ्यांकहरुको संकलन, अभिलेखीकरण, प्रकाशन, वितरण र सूचना प्रवाह व्यवस्थित गर्ने ।
२. पद : रेञ्जर (रा.प.अनं.प्र.प्रा.)
रेञ्जरको कार्य विवरण 
  • योजना शाखामा कार्यरट स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने । 
  • अन्य निर्देशित र कानूनमा उल्लेखित कार्यहरु गर्ने ।
(२.२.२) वन व्यवस्थापन शाखामा रहने विभिन्न तहका कर्मचारीहरुको कार्य विवरण ः 
१) स.व.अ.को कार्य विवरण 
  • सरकारद्धारा व्यवस्थित वनको वन पैदावार संकलन, घाटगद्दी व्यवस्थापन र विक्रि वितरणको व्यवस्था मिलाउने ।
  • सव डिभिजनबाट वन पैदावार संकलन र वन पैदावारमा आधारित उद्योग व्यवसायहरुको नियमित अनुगमन निरीक्षण गर्ने ।
  • वन पैदावार संकलन, घाटगद्दी व्यवस्थापन लगायतका कार्यहरुमा सव डिभिजन वन कार्यालयलाई सहयोग गर्ने । 
  • निजी तथा सार्वजनिक, सरकारी तथा गैर सरकारी क्षेत्रको रुखहरुको व्यवस्थापन कार्य गर्ने । 
  • संरक्षित क्षेत्र बाहिर डिभिजन वन कार्यालयको क्षेत्रमा फेला पर्ने घाइते, टुहुरा, बिरामी तथा बाटो बिराई भेटिने वन्यजन्तुहरुको संरक्षण, प्राथमिक उपचार र उद्धार गरी प्राकृतिक बासस्थानमा पुनस्र्थापना गर्ने । 
  • वन्यजन्तुबाट भएको क्षतिको राहत सहयोग निर्देशिका बमोजिम क्षतिको आँकलन, समितिको बैठक लगायतका तोकिएको कार्यहरु गरी राहत प्राप्तीको लागि सिफारिससाथ सम्बन्धित निकायमा पठाउने  
  • वार्षिक रुपमा वन पैदावार संकलनको लागि सव डिभिजन वन कार्यालयको सिफारिस प्राप्त भएपछि डि.व.का.बाट समेत छपान चेकजाँच गरी संकलन सहमतीको लागि डि.व.अ. समक्ष पेश गर्ने र सो को लगत विवरण अभिलेख रजिष्टरमा राख्ने । 
  • वन क्षेत्र भित्रको ढंगा, गिटी, बालुवा संकलन तथा व्यवस्थापन गर्ने । 
  • निजी नम्बरी आवादीको काठ दाउरा लगत प्रमाणित लगायतका कार्यहरु व्यवस्थापन गर्ने । 
  • वन पैदावार निकासी पैठारीको व्यवस्थापन गर्ने । 
  • भू–उपयोग (वन क्षेत्रको जग्गा अन्य प्रयोजन सम्बन्धि) कार्य गर्ने । 
  • वन पैदावार चेकपोष्टको व्यवस्थापन गर्ने । 
  • जिल्ला वन पैदावार आपूर्ति समितिमा रही कार्य गर्ने । 
  • वन पैदावार उत्पादन, विक्रि वितरण आदि सम्बन्धि तथ्यांक र अभिलेखको अद्यावधिक रेकर्ड राखी सम्बन्धित निकायमा पेश गर्ने ।
२) रेञ्जरको कार्य विवरण 
  • यस शाखामा रही स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने । 
  • अन्य कानून बमोजिमका र निर्देशित कार्यहरु गर्ने ।
३) फरेष्टरको कार्य विवरण 
  • यस शाखामा रही स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने । 
  • अन्य कानून बमोजिमका र निर्देशित कार्यहरु गर्ने ।

४) वन रक्षकको कार्य विवरण 
  • यस शाखामा रही स.व.अ.लाई तोकिएको जिम्मेवारी पूरा गर्न सहयोग गर्ने । 
  • अन्य कानून बमोजिमका र निर्देशित कार्यहरु गर्ने ।