(२.४) सशस्त्र वन सुरक्षा शाखाका विभिन्न तहका सुरक्षाकर्मीहरुको कार्य विवरण :  
१. जमदार रा.प.अनं. द्धितिय (प्र.÷विविध)
  • सशस्त्र वन सुरक्षा शाखाको प्रमुख÷कमाण्डर भई आफू मातहतका सुरक्षाकर्मीहरुलाई जिम्मेवारी तोक्ने ।
  • डिभिजनल वन अधिकृत÷अधिकृत, सव डिभिजन प्रमुखहरुको निर्देशनको पालना गर्दै वन सुरक्षाको लागि गस्ति परिचालन गर्ने ।
  • वन, वन पैदावार, वन्यजन्तुको सुरक्षाको लागि काबु बाहिरको परिस्थिती देखिएमा तत्काल डिभिजनल वन अधिकृत÷वन अधिकृतहरुलाई जानकारी गराई डिभिजनल वन अधिकृतको निर्देशन बमोजिम कार्य गर्ने ।
  • हात हतियार÷बन्दुक, गोलीहरुको लगत तयार गरी सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
  • हातहतियारहरुको मर्मत सम्भार गरी चालु अवस्थामा राख्ने ।
  • वन जंगल अतिक्रमण, वन पैदावार हानी नोक्सानी र चोरी हुन नदिन सुरक्षाकर्मीहरु परिचालन गर्ने ।
  • वन जंगल तथा वन्यजन्तुको चोरी शिकारी हुन नदिने ।
  • वन पैदावार तथा वन्यजन्तुको हानी नोक्सानी तथा चोरी शिकारी गर्ने व्यक्तिहरुको पहिचान गर्दै तत्काल पक्राउ गरी सम्बन्धित वन कार्यालमा बुझाउने ।
  • वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा पक्राउ अभियुक्तहरुलाई मुद्दा अनुसन्धानको क्रममा हिरासतमा राख्ने व्यवस्था मिलाउने ।
  • वन जंगल अतिक्रमण, डढेलो नियन्त्रण, दैवी प्रकोप व्यवस्थापन कार्यमा सुरक्षाकर्मी परिचालन गरी हानी नोक्सानी हुन नदिने ।
  • आफू मातहतका सुरक्षाकर्मीहरुको हाजिरी, बिदा, गस्ती समय तालिकाको अभिलेख राखी सो को जानकारी डिभिजनल वन अधिकृत÷वन अधिकृतहरुलाई गराउने ।
  • सुरक्षाको दृष्टिकोणले संवेदनशील वन क्षेत्रमा गस्ती परिचालन गर्दा विशेष प्राथमिकता दिने ।
  • वन, वन पैदावार, वन्यजन्तु, खनिजजन्य पदार्थको सुरक्षाको लागि विशेष सुराकीको व्यवस्था मिलाउन डिभिजनल वन अधिकृतसँग परामर्श गर्ने ।
  • कार्यालयको सुरक्षाको लागि पालो पहरा खटाउने व्यवस्था मिलाउने ।
  • बरामदित बोझबाहक, आखेटोपहार, वन पैदावारको सुरक्षा गर्ने व्यवस्था मिलाउने ।
  • थुनुवा कोठाको व्यवस्थापन, मर्मत सम्भार, सरसफाईको व्यवस्था मिलाउने ।
  • वन जंगल सुरक्षाको लागि प्रचलित कानूनमा तोकिए बमोजिमका सबै कामहरु गर्ने गराउने ।
  • आफू बस्ने ब्यारेकको दैनिक सरसफाइ गर्ने गराउने ।
  • चेन अफ कमाण्डमा रही काम गर्ने गराउने ।
  • डिभिजनल वन अधिकृत र कर्मचारीहरु कार्यक्रममा सहभागी हुँदा सुरक्षा दिने कार्य गर्ने ।
  • वन पैदावार चेकपोष्टमा अनिवार्य रुपमा चेकजाँच कार्यमा सहभागिता गर्ने ।
  • कैदीको लागि थुनुवा कोठाको व्यवस्थापनको साथै थुनुवालाई सुरक्षित राख्ने व्यवस्था मिलाउने ।
  • माथिल्लो निकायबाट प्राप्त निर्देशन र आदेश बमोजिमका कामहरु गर्ने गराउने ।
  • सशस्त्र सुरक्षा शाखाबाट सम्पादन भएका कार्यहरुको पाक्षिक, मासिक, चौमासिक तथा वार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने ।
२. हवल्दार रा.प.अनं. तृतिय÷स.ब.र. श्रेणीविहीन (प्र.÷विविध)
  • डिभिजनल वन अधिकृत÷वन अधिकृतहरुको निर्देशन र समन्वयमा वन, वन पैदावार र वन्यजन्तुको सुरक्षा गर्ने ।
  • सशस्त्र वन सुरक्षा शाखा प्रमुख÷कमाण्डरले जिम्मेवारी दिए अनुसार वन, वन पैदावार र वन्यजन्तुको सुरक्षाको लागि नियमित गस्ती गर्ने ।
  • हातहतियार÷बन्दुक, गोलीहरु सुरक्षित साथ राख्ने ।
  • हातहतियारहरुको मर्मत सम्भार गर्नु पर्ने भएमा आफ्नो कमाण्डरलाई तत्काल जानकारी गराई चालु अवस्थामा राख्ने ।
  • वन जंगल अतिक्रमण, वन पैदावार हानी नोक्सानी र चोरी हुन नदिन नियमित गस्ती गर्ने ।
  • वन जंगल तथा वन्यजन्तुको चोरी शिकारी हुन नदिने ।
  • वन पैदावार तथा वन्यजन्तुको हानी नोक्सानी तथा चोरी शिकारी गर्ने व्यक्तिहरुको पहिचान गर्दै तत्काल पक्राउ गरी सम्बन्धित वन कार्यालयमा बुझाउने ।
  • वन पैदावार तथा वन्यजन्तु चोरी शिकारी गरेको अभियोगमा पक्राउ अभियुक्तहरुलाई मुद्दा अनुसन्धानको क्रममा हिरासतमा राखी सुरक्षा गर्ने ।
  • अनुसन्धान अधिकारीको साथमा थुनुवाहरुको म्याद थप गर्नु पर्दा सुरक्षा साथ ल्याउने लाने कार्यमा सहयोग गर्ने ।
  • वन जंगल अतिक्रमण, डढेलो नियन्त्रण, दैवी प्रकोप उद्धार कार्यमा सुरक्षाको लागि नियमित गस्ती गरी हानी नोक्सानी हुन नदिने र दैवी विपत्तीमा परेका मानिसहरु÷वन्यजन्तुहरुलाई उद्धार गर्ने ।
  • बरामदित वन पैदावार तथा बोझ बाहक, दसीका सामानहरु साथै कार्यालयको सुरक्षाको लागि नियमित पालोपहरा गर्ने ।
  • माथिल्लो निकायबाट प्राप्त निर्देशन र आदेश बमोजिमका कामहरु गर्ने ।
  • सुरक्षाको क्रममा कुनै चुनौतीहरु आउन सक्ने सम्भावना देखिएमा तत्काल आफु भन्दा माथिल्लो दर्जाको सुरक्षाकर्मी वा डिभिजनल वन अधिकृत÷वन अधिकृतहरुलाई जानकारी गराउने ।
  • वन जंगलको सुरक्षाको लागि प्रचलित कानुनमा तोकिए बमोजिमका सबै कामहरु गर्ने ।