परिचय

ऐतिहासिक पृष्ठभूमि प्राचीनतम नेपालको इतिहास सगसगै अछाम जिल्लाको इतिहास पनि जोडिएको छ । नेपालको सदरपश्चिम प्रदेश अन्तर्गतको सेती अंचलको पहाडी जिल्लाको रुपमा रहेको अछाम जिल्लाको ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोणले धेरै ठूलो महत्व रहेको छ प्राचीनकालमा हालको अछामलाई "नौखवा" को नामले चिनिन्थ्यो नौखुवाको अर्थ नौवटा खण्डहरु भन्ने बुझिन्छ । त्यस समयमा अछामलाई विभिन्न नौवटा खण्डहरुमा विभाजन गरी ससाना राज्यहरु संचालनमा रहेका थिए नेपालको एकिकरणको समयमा अछाम बाईसे राज्य समूहको एउटा एकाई सदस्यको रुपमा रहेको चियो कर्णाली प्रदेशमा नागराजवशीय मल्लहरुले शासन गर्नुपूर्व अछाममा पालहरुले शासन गरेका थिए ।त्यसपछि मल्लहरुको शासनकालमा अछाममा सभ्यताको विकास भएको थियो । तत्पश्चात उनिहरुको शक्ति कम हुँदैजादा कर्णाली र गण्डकी प्रदेशमा स-साना राज्यहरुको उदय हुनेक्रममा अछाम पनि स्वतन्त्र हिन्दु राज्यको रुपमा स्थापना भएको थियो अछाम क्षेत्र मध्यकालमा विकसित भएको खस सभ्यताको उदगम स्थलको रुपमा रहेको थियो ।

उदेश्य

..

केन्द्रको जिम्मेवारी

11